२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

यस वर्षदेखि एमबीबीएस पढाउने दुई नयाँ सरकारी संस्था थपिएका छन्। चिकित्सा शिक्षा आयोगको २१ औँ बोर्ड बैठकले हेटौडामा रहेको मदान भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयलाई समान ५० सिट एमबीबीएसका लागि प्रदान गर्ने निर्णय गरेको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा प्रदीप ज्ञवालीले एमडीएमएस कार्यक्रमपछि नयाँ कार्यक्रमको रूपमा एमबीबीएस सुरु गर्न पाउँदा खुशी व्यक्त गरे। उनले भने, “अघिल्लो शैक्षिक सत्रदेखि एमडीएमएस ८ सिट पढाइ भइरहेको थियो। यसपटक एमबीबीएस ५० सिटबाट सुरु गर्न पाउँदा हामी खुशी छौँ।”

प्रतिष्ठानमा यसअघि वीपीएच २० सिट, विएस्सी नर्सिङ २० सिट, बी फार्मा २० सिट र बीएमएलटी २० सिट सञ्चालन हुँदै आएको थियो। यस वर्ष बीएस्सी नर्सिङको सिट संख्या २० बाट ३० पुगेको पनि उनले बताए।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा शैलेशमणि पोखरेलले औपचारिक जानकारी नआएको भए पनि एमबीबीएसका लागि ५० सिट पाइएको सुनेको र विश्वविद्यालयले सेल्फ अप्राइजल भरेको जानकारी दिए। पूर्वाञ्चलमा यसअघि पनि नर्सिङ, फार्मेसी, जनस्वास्थ्य र बीएमएलटी लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय