२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

यस वर्षदेखि एमबीबीएस पढाउने दुई नयाँ सरकारी संस्था थपिएका छन्। चिकित्सा शिक्षा आयोगको २१ औँ बोर्ड बैठकले हेटौडामा रहेको मदान भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयलाई समान ५० सिट एमबीबीएसका लागि प्रदान गर्ने निर्णय गरेको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा प्रदीप ज्ञवालीले एमडीएमएस कार्यक्रमपछि नयाँ कार्यक्रमको रूपमा एमबीबीएस सुरु गर्न पाउँदा खुशी व्यक्त गरे। उनले भने, “अघिल्लो शैक्षिक सत्रदेखि एमडीएमएस ८ सिट पढाइ भइरहेको थियो। यसपटक एमबीबीएस ५० सिटबाट सुरु गर्न पाउँदा हामी खुशी छौँ।”

प्रतिष्ठानमा यसअघि वीपीएच २० सिट, विएस्सी नर्सिङ २० सिट, बी फार्मा २० सिट र बीएमएलटी २० सिट सञ्चालन हुँदै आएको थियो। यस वर्ष बीएस्सी नर्सिङको सिट संख्या २० बाट ३० पुगेको पनि उनले बताए।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा शैलेशमणि पोखरेलले औपचारिक जानकारी नआएको भए पनि एमबीबीएसका लागि ५० सिट पाइएको सुनेको र विश्वविद्यालयले सेल्फ अप्राइजल भरेको जानकारी दिए। पूर्वाञ्चलमा यसअघि पनि नर्सिङ, फार्मेसी, जनस्वास्थ्य र बीएमएलटी लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय