२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

एमएमए फाइटर रविन्द्र ढाँटले कठोर संघर्ष र लामो यात्रापछि अन्ततः ठूलो सफलता हात पारेका छन्। ‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले भारतमा सम्पन्न म्याट्रिक्स फाइटर नाइट को उपाधि जित्दै नेपाली खेल इतिहासमा नयाँ पृष्ठ थपेका हुन्।

गरिब परिवारमा जन्मेका ढाँटका लागि यो यात्रा सजिलो थिएन। उनले खुलासा गरेअनुसार, कुनै समय अण्डा खान २० रुपैयाँसम्म अभाव हुने अवस्था थियो। २०७१ सालमा एसएलसी दिएपछि भारत मजदुरीका लागि गएका उनले जागिरसँगै प्रशिक्षणलाई निरन्तरता दिएका थिए। यही मेहनतको परिणामस्वरूप उनले चर्चित उपाधि जितेपछि जीवनशैली नै परिवर्तन भएको छ।

उनको जितपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उनलाई २ लाख रुपैयाँसहित सम्मान गरेका छन्। यस्तै, मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले पनि पाँच लाख रुपैयाँ दिने भएको छ।

तर, हालसालै राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटलाई लिएर सामाजिक सञ्जालमा आलोचना भयो। भ्लगर सिसन बानियाँले राष्ट्रपतिले ढाँटलाई ‘चिया-बिस्कुट’ मात्र दिएर औपचारिकता पूरा गरेको आरोप लगाए। यो विषयमा व्यापक बहस चलेको छ।

ढाँटको लोकप्रियतामा उपाधि जित्नु मात्र कारण बनेको छैन। खेलअघि भारतीय फाइटर चुनरेङ कोरेनले उनलाई ‘कमजोर’ र ‘बच्चा’ भनेर हेपेका थिए। तर, खेलमा ढाँटले तेस्रो राउण्डमै कोरेनलाई एक किकमा ढाल्दै उपाधि जिते। यो घटनापछि सामाजिक सञ्जालमा ढाँटलाई ‘राष्ट्रिय गर्व’को रूपमा प्रशंसा गरियो।

रविन्द्र ढाँट अहिले नेपाली खेलप्रेमीका आँखामा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि उदाउँदै गरेका खेलाडीको रूपमा स्थापित भएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय