२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश |

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गर्दै संसद सचिवालयलाई औपचारिक जानकारी गराएकी छन्।

पार्टीले मागेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र पुनः माग्दा समेत प्रतिक्रिया नआएको कारण कारबाही गरिएको अध्यक्ष श्रेष्ठको पत्रमा उल्लेख छ।

श्रेष्ठले चौधरीमाथि पार्टीको महासचिव पद नभए पनि लेटरप्याड र छापको दुरुपयोग गरी पार्टीको हितविपरीत गतिविधि गरेको, विधान विपरीत केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, संवैधानिक आयोगको रूपमा रहने निर्वाचन आयोगको निर्णय विपरीत पत्राचार र निर्णयहरू गरेको आरोप लगाएकी छन्। साथै, उनले दल त्याग गरेका र पदाधिकारी नरहेका व्यक्तिलाई समेत बैठकमा सामेल गराएको दाबी गरेकी छन्।

यो कदमले हालै चुलिएको पार्टीभित्रको विवादलाई थप तीव्र बनाएको छ। पछिल्लो समय संरक्षक रेशम चौधरी पक्ष र अध्यक्ष श्रेष्ठ पक्षबीच तीव्र मतभेद देखिँदै आएको छ। रेशम चौधरी पक्षले श्रेष्ठलाई अध्यक्षबाट हटाएको घोषणा गरे पनि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय