
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहनाका कारण नेपालमा मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा साधारण बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा साधारण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुनेछ। कोशी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।