२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल | नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गर्दै पार्‍यो टी–२० सिरिज आफ्नो पक्षमा | जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै |

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी छन्।

नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितको पहलमा भएको भेटवार्तामा विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि राष्ट्रपति हर्जोगसँग पहल गर्न आग्रह गरिन्। बहिनी पुष्पाले पनि आफ्नो दाइ विद्यार्थीका रूपमा इजरायलमा आएको र निर्दोष भएको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन्।

भेटका क्रममा राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि आवश्यक प्रयास भइरहेको जानकारी दिएका छन्। राजदूत पण्डितले विभिन्न तवरबाट पहल गर्दै जोशीको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए।

यसअघि शनिबार साँझ इजरायलमा रहेका नेपालीहरूले तेलअविभमा प्रदर्शन गरी विपिनको रिहाइको माग गरेका थिए। प्रदर्शनमा विपिनकी आमा र बहिनी प्लेकार्डसहित सहभागी भएकी थिइन्।

नेपालमा मात्रै नभई इजरायलमा रहेका नेपाली समुदायले पनि झण्डासहित र बिरोध प्रदर्शन गर्दै विपिनको सुरक्षा र रिहाइको माग गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय