२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा देखिएको एउटा तस्बिरले विवाद निम्त्याएको छ। उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको दृश्य देखिएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ।

नेकपा (एमाले) का नेता महेश बस्नेतले सोमबार सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै यस्तो आसन नेपाली संस्कार र कूटनीतिक शिष्टाचारअनुकूल नभएको टिप्पणी गरेका छन्। उनले भने, “हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ।”

बस्नेतले व्यक्तिगत सहजता देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउने दाबी गरेका छन्। उनका अनुसार, कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ झल्काउँछ।

दुई दिने नेपाल भ्रमणमा मिस्री

भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका क्रममा उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गरिरहेका छन्। उनले आइतबारदेखि प्रधानमन्त्री ओलीसहितका नेतासँग शिष्टाचार भेट गरेका हुन्। तर भेटवार्ताको क्रममा खिचिएको विवादास्पद तस्बिरले अहिले सार्वजनिक चासो र बहस जन्माएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय