२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा देखिएको एउटा तस्बिरले विवाद निम्त्याएको छ। उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको दृश्य देखिएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ।

नेकपा (एमाले) का नेता महेश बस्नेतले सोमबार सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै यस्तो आसन नेपाली संस्कार र कूटनीतिक शिष्टाचारअनुकूल नभएको टिप्पणी गरेका छन्। उनले भने, “हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ।”

बस्नेतले व्यक्तिगत सहजता देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउने दाबी गरेका छन्। उनका अनुसार, कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको गहिराइ झल्काउँछ।

दुई दिने नेपाल भ्रमणमा मिस्री

भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका क्रममा उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गरिरहेका छन्। उनले आइतबारदेखि प्रधानमन्त्री ओलीसहितका नेतासँग शिष्टाचार भेट गरेका हुन्। तर भेटवार्ताको क्रममा खिचिएको विवादास्पद तस्बिरले अहिले सार्वजनिक चासो र बहस जन्माएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय