२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

विवेकशील साझा पार्टीले सहकार्य र ध्रुवीकरणलाई प्राथमिकता दिँदै राजनीतिक संवाद समिति गठन गरेको छ। पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा गठन भएको पाँच सदस्यीय समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य रहेका छन्।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको आवश्यकता बढ्दै गएको समयमा समान विचार भएका दल, समूह र अभियानकर्मीहरूको बृहत् ध्रुवीकरण, कार्यगत एकता र एकीकरण आवश्यक रहेको निर्णय गरेको थियो। यसै उद्देश्यका लागि ‘मिशन ८४’ सफल बनाउन राजनीतिक संवाद समिति गठन गरिएको हो।

समितिले राजनीतिक छलफल, भेटवार्ता, सामूहिक कार्यक्रम, मोर्चाबन्दी र सहकार्य संस्कृतिलाई सक्रिय अभ्यासमा ल्याउने कार्यभार सम्हाल्नेछ। साथै, समिति ‘अल्टरनेटिभ्स अलायन्स’मा काम गर्दै वैकल्पिक राजनीतिको सुदृढीकरणमा योगदान दिने लक्ष्य राखेको छ।

पार्टीका नेताहरूले यस पहलले समान विचार भएका राजनीतिक समूहहरूलाई एकीकृत गर्दै देशमा वैकल्पिक राजनीतिक विकल्पको बलियो माध्यम तयार गर्ने विश्वास व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय