
मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको दक्षिणतर्फ रहँदा नेपालमा मनसुन केही कमजोर देखिए पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले मौसममा असर परेको महाशाखाले जनाएको हो ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । यस्तै, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना रहेको छ ।
आज राति पनि कोशी प्रदेशसहितका पहाडी भूभागमा सामान्य बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।