२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा राना मगरविरुद्ध कुनै पनि प्रस्ताव दर्ता गर्ने निर्णय हालसम्म नभएको स्पष्ट पारेका छन्।

मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुखको कार्यशैलीबारे प्रश्न उठेका भए पनि तत्काल प्रस्ताव दर्ता गर्ने योजना गठबन्धनभित्र नभएको बताए। “अहिले उहाँविरुद्ध प्रस्ताव दर्ता गर्ने निर्णय भएको छैन। सत्ता गठबन्धन त्यस्तो निष्कर्षमा पुगेको छैन,” बर्तौलाले भने।

हालै संसदमा उठेको ‘भिजिट भिसा’ प्रकरणसँगै उपसभामुखको भूमिकाबारे विभिन्न दलले प्रश्न उठाएका थिए। अमेरिकी दूतावासमा केही व्यक्तिको अन्तर्वार्ता प्रक्रियालाई सहजीकरण गर्ने पत्राचारको विषय संसदमा आएपछि यसले बहस र आलोचना चुलिएको हो।

बर्तौलाले यस विवादलाई सरकारसँग भन्दा संसदसँग सम्बन्धित विषयका रूपमा लिएर समाधान खोजिनुपर्नेमा जोड दिए। “उहाँमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन। पदअनुकूल आचरण भए नभएकोबारे संसदभित्र बहस हुनु सामान्य हो,” उनले स्पष्ट पारे।

उनका अनुसार निरन्तर विवादमा संसदलाई अड्काइराख्नु राम्रो नभएकाले समयमै टुङ्गोमा पुर्‍याउन जरुरी छ। तर तत्कालै प्रस्ताव दर्ता गर्ने कुनै तयारी नभएको उनले दोहोर्‍याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय