२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भारतले रूसबाट सस्तोमा तेल खरिद गरी प्रशोधनपछि उच्च मूल्यमा बिक्री गरेर नाफा कमाइरहेको भन्दै आलोचना गरेका छन्। उनले भारतको यस्तो व्यापार अभ्यासलाई “पूर्णतया अस्वीकार्य” भनेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार, मंगलबार सीएनबीसी च्यानलमा चीन र भारतसँग अमेरिकाको दोहोरो मापदण्डबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले भारतको तेल आयातमा तीव्र वृद्धि भएको उल्लेख गरे। उनका अनुसार, रूस-युक्रेन युद्धपछि चीनको तेल आयात करिब ३ प्रतिशतले मात्रै बढेको भए पनि भारतको आयात ४० प्रतिशतभन्दा बढीले बढेको छ।

उनले भने, “भारतले यसबाट केवल नाफा कमाएको छ। देशले करिब १६ अर्ब डलर अतिरिक्त आम्दानी गरेको छ, जसबाट केही धनी परिवारहरूले पनि ठूलो लाभ लिएका छन्।”

ट्रम्प प्रशासनले भारतमा कुल ५० प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ। यससँगै रूसी तेल खरिदमा थप २५ प्रतिशत कर पनि समावेश गरिएको छ, जुन आगामी अगस्ट २७ देखि लागू हुनेछ। बेसेन्टले ब्लूमबर्गलाई दिएको अन्तर्वार्तामा भारतले रूससँग निरन्तर तेल कारोबार जारी राखे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

तर, भारतले अमेरिकी कदमलाई अनुचित बताउँदै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउने चेतावनी दिएको छ। भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले संसदलाई भारत–अमेरिका व्यापार सम्झौताका लागि वार्ता भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार दुवै देशबीच अहिलेसम्म पाँच चरणको वार्ता भइसकेको छ। तर, अगस्ट २५ बाट हुने भनिएको छैटौं चरण अमेरिकी पक्षले रोकेको छ। भारत र अमेरिकाबीच गैर-संवेदनशील कृषि उत्पादनसहित विभिन्न वस्तुहरूको व्यापार उदारीकरणबारे पनि छलफल भइरहेको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय