२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

नुवाकोटको पन्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका एक किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ।

बुधबार बिहान ५८ वर्षीय गोकर्ण नेपालीलाई आफ्नो घरबारीमा पसेका बाँदर धपाउने क्रममा बाँदरको ठूलो फौजले आक्रमण गरेको स्थानीयवासीले जनाएका छन्। आक्रमणपछि अचेत बनेका उनलाई स्थानीयहरूले उद्धार गरी उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पन्चकन्या–२ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसयभन्दा बढी संख्यामा रहेका बाँदरहरूले अचानक आक्रमण गरेका थिए। सोही क्रममा गम्भीर घाइते भएका नेपाली अचेत भई ढलेका थिए।

स्थानीयवासीका अनुसार हालैका वर्षहरूमा खेतीबालीमा बाँदरको आतंक बढ्दो छ। किसानहरूले बारम्बार यस किसिमको समस्या उठाउँदै आएका भए पनि ठोस समाधान भने अहिलेसम्म आएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय