२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

कैलाली कारागारमा साउन २३ गते कैदीबन्दीबीच भएको झडप घटनाबारे छानबिन गर्न बनेको समितिले आन्तरिक प्रशासनबीचको मतभेदलाई मुख्य कारण ठहर गरेको छ। घटनामा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।

छानबिन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारभित्रको ‘ए ब्लक’ र ‘बी ब्लक’ बीचको प्रशासनिक मतभेदका कारण झडप भएको प्रतिवेदन बुझाएका छन्। उनले भने, “घटनास्थलको अध्ययन, घाइते बन्दी, सुरक्षाकर्मी र कारागार प्रशासकसँगको कुराकानीपछि देखिएको निष्कर्ष यही हो।”

जोशीका अनुसार घटनाको सम्पूर्ण विवरण स्पष्ट गर्न अझै विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यक छ। उनले भने, “सिसिटिभी फुटेज स्पष्ट देखिएन, घाइतेले बताएअनुसार संलग्न व्यक्तिहरूले घटनामा संलग्नता अस्वीकार गरेका छन्। त्यसैले थप प्रमाण र अध्ययन बिना ठोस निष्कर्ष निकाल्न सकिँदैन।”

कैलाली कारागार झडपपछि गम्भीर घाइतेलाई सेनाको स्काइ ट्रक पठाइयो

साउन २३ गते भएको घटनामा गम्भीर घाइते भएका तीन कैदीबन्दीको उपचार हाल पनि काठमाडौँमा भइरहेको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत ४१ जना कैदीबन्दी डिस्चार्ज भइसकेका छन्। तीमध्ये केहीलाई कञ्चनपुर र नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ। अस्पतालले डिस्चार्ज गरे पनि धेरैजना कैदीबन्दी अझै अस्पतालमै बसेका छन्, जसलाई उनीहरूको इच्छाअनुसार अन्य कारागारमा व्यवस्थापन गर्ने काम भइरहेको छ।

घटनापछि प्रशासनिक स्तरमा पनि परिवर्तन गरिएको छ। सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको छ। कारागार शाखा प्रमुख पनि फेर्ने निर्णय गरिएको छ।

हाल १५० कैदी अट्ने क्षमता भएको कैलाली कारागारमा ६९७ कैदीबन्दी रहेका छन्। अत्यधिक भीडभाड र व्यवस्थापनमा चुनौती थपिँदै गएको भन्दै स्थानीयस्तरमा तत्काल सुधारको माग उठेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय