२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गतिविधिप्रति कडा प्रहार गरेका छन्। बिहीबार संघीय संसदमा बोल्दै उनले लामिछानेमाथि ‘मान्छे छक्याउने र छुक्याउने कला’ भए पनि संविधान, सरकार, अदालत र अनुसन्धान निकायलाई मान्ने कला नभएको भन्दै चर्को आलोचना गरे।

महामन्त्री थापाले स्मरण गराए अनुसार, प्रचण्ड नेतृत्वको सरकारले गृह मन्त्रालयमा रहेका बेला लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा निवेदन दर्ता भएको थियो। त्यसपश्चात् सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको र सरकारको सहमतिमा प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे।

“संसदीय समितिको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढेको हो। तर आज दोषी पुष्टि हुँदै जाँदा सरकारलाई नै दोषारोपण गर्दै प्रतिशोध भनिरहेका छन्,” थापाले भने। उनले अदालतको आदेशअनुसार थुनामा बसेर अनुसन्धानलाई सहयोग गर्नुपर्ने अवस्थामा रास्वपा भने हस्ताक्षर संकलन, चन्दा अभियान र संसदमा असभ्य व्यवहार गर्दै हिँडेको आरोप लगाए।

थापाले सरकारले गठन गरेको सहकारी प्राधिकरणले पीडितको रकम फिर्ता गराउन नसकेकोतर्फ पनि ध्यानाकर्षण गराए। “सहकारी ठगीका अभियुक्तहरुलाई लाइनमा राखेर बिगो भराउनुपर्ने हो, सरकारले ढिलो गरेको छ,” उनले टिप्पणी गरे।

‘छविलाल जोशीलाई किन प्रतिशोध भनिँदैन?’

थापाले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध भन्दै हल्ला मच्चाइए पनि उही अभियोगमा थुनामा रहेका छविलाल जोशीको अवस्था कसैले उठान नगरेको प्रश्न उठाए। “९ वटा अदालतले जोशीलाई सफाइ दिएको छैन। सर्वोच्चले समेत दोषी ठहर गरिसकेको छ। तर, जोशीमाथि प्रतिशोध भनिँदैन, रविमाथि मात्रै भनिन्छ,” उनले कटाक्ष गरे।

सर्वोच्च अदालतको आदेशलाई राजनीतिक व्याख्या गर्दै दौडधुप गर्ने पूर्वप्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईको व्यवहारप्रति पनि थापाले आक्रोश पोखे। “अदालतको आदेशलाई प्रतिशोध भन्नु स्वाभाविक होइन। पूर्वप्रधानमन्त्रीहरू दौडिनु व्यक्तिगत छट्टु प्रतिक्रिया मात्रै हो,” उनले व्यंग्य गरे।

राजनीतिक प्रतिशोध वा न्यायिक स्वतन्त्रता?

विश्लेषकका अनुसार गगन थापाको यस अभिव्यक्तिले राजनीतिक प्रतिशोध र न्यायिक स्वतन्त्रता बीचको अन्तरलाई स्पष्ट गर्न खोजेको छ। पछिल्लो दिनहरूमा प्रचण्ड स्वयं रवि लामिछानेलाई भेट्न नख्खु जेल पुगेको प्रसंगसमेत जोड्दै, थापाको भनाइले सार्वजनिक बहसलाई अझ चर्काएको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय