२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गतिविधिप्रति कडा प्रहार गरेका छन्। बिहीबार संघीय संसदमा बोल्दै उनले लामिछानेमाथि ‘मान्छे छक्याउने र छुक्याउने कला’ भए पनि संविधान, सरकार, अदालत र अनुसन्धान निकायलाई मान्ने कला नभएको भन्दै चर्को आलोचना गरे।

महामन्त्री थापाले स्मरण गराए अनुसार, प्रचण्ड नेतृत्वको सरकारले गृह मन्त्रालयमा रहेका बेला लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा निवेदन दर्ता भएको थियो। त्यसपश्चात् सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको र सरकारको सहमतिमा प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे।

“संसदीय समितिको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढेको हो। तर आज दोषी पुष्टि हुँदै जाँदा सरकारलाई नै दोषारोपण गर्दै प्रतिशोध भनिरहेका छन्,” थापाले भने। उनले अदालतको आदेशअनुसार थुनामा बसेर अनुसन्धानलाई सहयोग गर्नुपर्ने अवस्थामा रास्वपा भने हस्ताक्षर संकलन, चन्दा अभियान र संसदमा असभ्य व्यवहार गर्दै हिँडेको आरोप लगाए।

थापाले सरकारले गठन गरेको सहकारी प्राधिकरणले पीडितको रकम फिर्ता गराउन नसकेकोतर्फ पनि ध्यानाकर्षण गराए। “सहकारी ठगीका अभियुक्तहरुलाई लाइनमा राखेर बिगो भराउनुपर्ने हो, सरकारले ढिलो गरेको छ,” उनले टिप्पणी गरे।

‘छविलाल जोशीलाई किन प्रतिशोध भनिँदैन?’

थापाले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध भन्दै हल्ला मच्चाइए पनि उही अभियोगमा थुनामा रहेका छविलाल जोशीको अवस्था कसैले उठान नगरेको प्रश्न उठाए। “९ वटा अदालतले जोशीलाई सफाइ दिएको छैन। सर्वोच्चले समेत दोषी ठहर गरिसकेको छ। तर, जोशीमाथि प्रतिशोध भनिँदैन, रविमाथि मात्रै भनिन्छ,” उनले कटाक्ष गरे।

सर्वोच्च अदालतको आदेशलाई राजनीतिक व्याख्या गर्दै दौडधुप गर्ने पूर्वप्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईको व्यवहारप्रति पनि थापाले आक्रोश पोखे। “अदालतको आदेशलाई प्रतिशोध भन्नु स्वाभाविक होइन। पूर्वप्रधानमन्त्रीहरू दौडिनु व्यक्तिगत छट्टु प्रतिक्रिया मात्रै हो,” उनले व्यंग्य गरे।

राजनीतिक प्रतिशोध वा न्यायिक स्वतन्त्रता?

विश्लेषकका अनुसार गगन थापाको यस अभिव्यक्तिले राजनीतिक प्रतिशोध र न्यायिक स्वतन्त्रता बीचको अन्तरलाई स्पष्ट गर्न खोजेको छ। पछिल्लो दिनहरूमा प्रचण्ड स्वयं रवि लामिछानेलाई भेट्न नख्खु जेल पुगेको प्रसंगसमेत जोड्दै, थापाको भनाइले सार्वजनिक बहसलाई अझ चर्काएको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय