२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न ठहरिएका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

आइतबार अदालतमा उपस्थित भएका बम्जनलाई न्यायाधीश शंकरबहादुर राईको इजलासले बयान र थुनछेक बहस सकेर १० लाख धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतले तोकेको धरौटी रकम तिरेपछि उनी रिहा भएको जिल्ला अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए।

सहरकारी ठगीसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएपछि लामो समयदेखि फरार रहेका बम्जन आइतबार अदालतमा स्वयं उपस्थित भएका थिए। अदालतले सोही दिन उनीमाथिको बयान, थुनछेक बहस र आदेश प्रक्रिया सम्पन्न गरेको हो।

बम्जन सहकारी ठगी प्रकरणका मुख्य योजनाकार तथा पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईका जेठान समेत हुने गरेका छन्। सो प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध समेत विशेष अदालतले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय