२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

हरितालिका (तीज) पर्वको अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। राजधानीको आराध्यदेव श्रीपशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरूको लामबद्ध भीड देखिएको छ।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई सहज दर्शन गराउन विशेष व्यवस्था मिलाएको छ। सोहीअनुसार पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेबाट नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए। उनका अनुसार कतिपय भक्तजन बिहान ३ बजाभन्दा अघि नै पशुपति क्षेत्र पुगेर लाइनमा बसेका थिए। अहिले लाममा बसेका भक्तजनले करिब १५–२० मिनेटमै दर्शन गर्न सक्ने अवस्था रहेको उनले बताए।

तीजको भीड व्यवस्थापनका लागि पशुपति क्षेत्रमा करिब तीन हजार सुरक्षाकर्मी खटाइएको छ। दर्शनका क्रममा भक्तजनलाई सहज बनाउन बाहिरी भागमै लामको व्यवस्था गरिएको छ। साथै, आज मन्दिरमा हुने श्रीयन्त्र पूजाको समयमा दर्शन गर्न भक्तजनलाई बाहिरबाटै सुविधा मिल्ने गरी जाली राखिएको छ।

कोषकी सूचना अधिकारी अनिता भट्टले भक्तजन मूल मन्दिर प्रवेश गरेर आराध्यदेव श्रीपशुपतिनाथको मूर्तिअघि पुग्नेबित्तिकै दर्शन गरेर बाहिरिने गरी व्यवस्थापन मिलाइएको जानकारी दिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय