२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित | राष्ट्र बैंकले आज फेरि ११ दिनका लागि २० अर्ब झिक्दै | बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी | हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत | बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल |

हरितालिका (तीज) पर्वको अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। राजधानीको आराध्यदेव श्रीपशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरूको लामबद्ध भीड देखिएको छ।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई सहज दर्शन गराउन विशेष व्यवस्था मिलाएको छ। सोहीअनुसार पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेबाट नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए। उनका अनुसार कतिपय भक्तजन बिहान ३ बजाभन्दा अघि नै पशुपति क्षेत्र पुगेर लाइनमा बसेका थिए। अहिले लाममा बसेका भक्तजनले करिब १५–२० मिनेटमै दर्शन गर्न सक्ने अवस्था रहेको उनले बताए।

तीजको भीड व्यवस्थापनका लागि पशुपति क्षेत्रमा करिब तीन हजार सुरक्षाकर्मी खटाइएको छ। दर्शनका क्रममा भक्तजनलाई सहज बनाउन बाहिरी भागमै लामको व्यवस्था गरिएको छ। साथै, आज मन्दिरमा हुने श्रीयन्त्र पूजाको समयमा दर्शन गर्न भक्तजनलाई बाहिरबाटै सुविधा मिल्ने गरी जाली राखिएको छ।

कोषकी सूचना अधिकारी अनिता भट्टले भक्तजन मूल मन्दिर प्रवेश गरेर आराध्यदेव श्रीपशुपतिनाथको मूर्तिअघि पुग्नेबित्तिकै दर्शन गरेर बाहिरिने गरी व्यवस्थापन मिलाइएको जानकारी दिइन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय