२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

दशरथ रंगशाला फेरि एकपटक अन्तर्राष्ट्रिय फुटबल खेलको आयोजना गर्न अयोग्य घोषित भएको छ। एसियन फुटबल महासंघ (एएफसी) ले साउदी अरेबियामा २०२७ मा हुने एएफसी एसियन कपको छनोटअन्तर्गत नेपालले भियतनाम र मलेसियाविरुद्ध खेल्ने योजनामा दशरथ रंगशालामा खेल हुन नपाउने जानकारी दिएको हो।

एएफसीको प्राविधिक कमिटीले रंगशालाको संरचना, फ्लडलाइट, सुरक्षा व्यवस्था, मैदान स्तर, निकास र प्यारापिटको कमी जस्ता कारणले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पूरा नभएको ठहर गरेको छ। सहमहासचिव सिनमान गिलको नेतृत्वमा निरीक्षण टोलीले रंगशालालाई केवल कामचलाउ स्तरको मानिएको र भिभिआइपी, मिडिया तथा सर्वसाधारणका लागि अलग्गै मार्ग नहुँदा सुरक्षा जोखिम रहेको पनि औँल्याएको छ।

नेपालले १४ अक्टोबरमा भियतनाम र १८ नोभेम्बरमा मलेसियासँग खेल्ने तालिका तय गरेको थियो। तर, एएफसीको निर्णयपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले घरेलु मैदानको रूपमा दशरथ रंगशालाको प्रयोग गर्न वञ्चित भएको छ। वैकल्पिक मैदानको रूपमा च्यासल र नेपाली सेनाको मुख्यालय मैदान प्रस्ताव गरिए पनि एएफसीले अस्वीकार गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय