
बङ्गालको खाडीबाट आएको मनसुनी हावाको प्रभाव बढेसँगै देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ। वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना छ।
आज राति देशभर साधारणतया बदली हुनेछ। पहाडी क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका साथै लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रमा पनि भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने र यातायात प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै, सबैलाई सतर्क रहन र पूर्वतयारी अपनाउन अनुरोध गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।