२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणसम्बन्धी जानकारी संसदलाई दिनेछन्।

प्रधानमन्त्री ओली भदौ १४ गते चीन प्रस्थान गर्दै छन्। उनी त्यहाँ हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन जाने कार्यक्रम छ। चीन भ्रमणका क्रममा ओलीले नेपाल–भारत–चीनबीचको सीमासम्बन्धी विषय विशेष गरी हालै भारत र चीनबीच भएको लिपुलेकबारेको सहमति, त्यसप्रति नेपालको धारणा र आगामी रणनीति संसदमा स्पष्ट गर्ने तयारी गरेको बताइएको छ।

प्रधानमन्त्रीको सम्बोधनले नेपालले सीमा विवादप्रति लिनुपर्ने आधिकारिक नीतिगत दृष्टिकोण स्पष्ट पार्ने अपेक्षा गरिएको छ। साथै, आगामी कूटनीतिक पहल र नेपालका पक्षमा हुने सम्भावित रणनीतिक कदमबारे पनि संसदलाई जानकारी दिने सम्भावना रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय