२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेन र सुदनविरुद्ध अर्को जाहेरी राजद्रोहको अनुसन्धानको माग | विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर यस वर्ष २.१ प्रतिशत सीमित हुने | रूस–युक्रेन युद्ध: नोभोरोनेझ आणविक केन्द्रमाथि ड्रोन आक्रमण प्रयास विफल | साउन यता जापानीज इन्सेफ्लाइटिस संक्रमणका कारण ६ जनाको मृत्यु, १७ जना संक्रमित | राष्ट्र बैंकले आज फेरि ११ दिनका लागि २० अर्ब झिक्दै | बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी | हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत | बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल |

काठमाडौँको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको ज्यान गएको छ।

काठमाडौँ महानगरपालिका–३२ जडिबुटी आकाशेपुल नजिकै शुक्रबार बिहान दुर्घटना भएको हो। कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर रोकिराखेको बा.प्र.०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि ठोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए।

दुर्घटनामा स्कुटर चालक नवलपरासी सुनौल नगरपालिका घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रे पाँचखान नगरपालिका–२ का २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो।

गम्भीर घाइते दुवै जनालाई तत्कालै उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दुवै सवारी साधन कोटेश्वर ट्राफिक प्रहरीको नियन्त्रणमा छन्। बस चालक दोलखा घर भई हाल काँडाघारी बस्ने २५ वर्षीय सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय