२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशका केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको महाशाखाले जनाएको छ। बिहानैदेखि देशका धेरै भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको र कोशी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा भइसकेको पनि महाशाखाले जनाएको छ।

मौसमविद् गोविन्द झाका अनुसार शुक्रबार दिउँसो देशभरि नै बदली हुने र सातै प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भने भारी वर्षा पर्न सक्ने उनले बताए।

शुक्रबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। राति कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए।

उनका अनुसार भोलिदेखि भने मौसम केही सुधार हुने देखिएको छ। “मनसुनको समय भएकाले मध्यम वर्षा त भइरहन्छ, तर भोलि भारी वर्षाको सम्भावना कम देखिन्छ,” उनले स्पष्ट पारे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय