
हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण आज देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य भन्दा उत्तर भागतिर सरिसकेको छ भने पश्चिमतर्फ भने सरदर स्थानमै छ। यसले गर्दा दिउँसो देशभर साधारणतया बदली रहने अनुमान गरिएको हो।
कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी भू-भागका थोरै स्थान र तराईका एक–दुई स्थानमा पनि वर्षा हुने देखिएको छ।
आज राति पनि देशभर आंशिकदेखि पूर्ण बदली हुने अनुमान छ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।