२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई |

प्यालेस्टाइनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बास अर्को महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभा सत्रमा सहभागी हुन नपाउने भएका छन्।

अमेरिकी विदेश मन्त्रालयले अब्बाससहित ८० जना प्यालेस्टाइनी अधिकारीहरूको भिसा रद्द गरिएको जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीहरू शान्ति प्रयासलाई कमजोर पार्ने काममा संलग्न भएको र ‘काल्पनिक प्यालेस्टाइनी राज्यलाई एकतर्फी मान्यता दिन खोजेको’ आरोप लगाएका छन्।

अमेरिकाको यो निर्णयलाई इजरायलले स्वागत गरेको छ। तर, संयुक्त राष्ट्रसंघको मुख्यालयमा सहभागी हुन आउने देशका अधिकारीहरूको यात्रालाई सहज बनाउनुपर्ने सामान्य अभ्यास विपरीत भएकोले यसलाई असामान्य कदम मानिएको छ।

यो प्रतिबन्ध त्यस्तो समयमा आएको हो, जतिबेला फ्रान्सले संयुक्त राष्ट्रसंघ महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिलाउन अन्तर्राष्ट्रिय पहलको नेतृत्व गरिरहेको छ। अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन भने फ्रान्सको यस प्रयासको विरोध गर्दै आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय