२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार तियानजिन अतिथिगृहमा दुईपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य र क्षेत्रीय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विशेष रूपमा, प्रधानमन्त्री ओलीले चीन र भारतबीच लिपुलेक मार्फत व्यापारिक मार्ग सञ्चालन गर्ने विषयमा स्पष्ट आपत्ति व्यक्त गरेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, “सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम नेपालकै हुन्। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने विश्वास हामीले लिएका छौं।”

प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानजिन प्रस्थान गरेका थिए। उनी विशेष विमानमार्फत स्थानीय समय अनुसार दिउँसो सवा ३ बजे तियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

भेटवार्तामा दुवै देशका संयन्त्रहरूले सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न अग्रसर हुने समझदारी समेत गरेका छन्। यस क्रममा व्यापार, लगानी, पूर्वाधार विकास र क्षेत्रीय सुरक्षा लगायतका विषयहरूमा पनि छलफल भएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय