२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’को व्यवस्था समेट्ने निर्णय भएको छ। प्रतिनिधिसभाबाट पारित भइसकेको विधेयकमा उठेको विवादलाई समाधान गर्दै राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले शुक्रबार दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति गरेको हो।

यस व्यवस्थाअनुसार निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश लिएको कर्मचारीले दुई वर्ष पूरा नगरी कुनै संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैनन्। यसले उच्च तहका पदाधिकारीलाई सरकारी सेवाबाट बाहिरिएलगत्तै राजनीतिक वा संवैधानिक नियुक्तिमा जानबाट रोक्ने उद्देश्य राखेको समितिले स्पष्ट पारेको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयकलाई सकारात्मक ढंगले अघि बढाउनुपर्ने बताइन्। उनले भनिन्, “यसमा कुलिङ अफ पिरियड मात्र होइन, नियुक्ति, सरुवा र व्यवस्थापनका महत्त्वपूर्ण विषय पनि समावेश छन्। अभ्यासमा गएर व्यावहारिक समस्या देखिए संशोधन गरेर अघि बढ्न सकिन्छ।”

समितिको छलफलमा सांसदहरूले कुलिङ अफ पिरियड मुख्यसचिव, सचिव र सहसचिव तहसम्म मात्र लागू गर्ने र सोभन्दा तलका कर्मचारीलाई नलगाउने सहमति जनाएका छन्।

समिति सभापति तुलसाकुमारी दाहालले सहमति भएका व्यवस्थालाई भाषा मिलाएर प्रतिवेदन तयार गर्न सचिवालयलाई निर्देशन दिएकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय