२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जनयुद्धको बेला जस्तै दलित, आदिवासी जनजाति, मधेशी, थारु, मजदुर किसान लगायतका समुदायसँगको सम्बन्धलाई मजबुत राख्न नसकेको स्वीकार गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले माओवादीले जनवर्गीय समुदायसँगको सम्बन्धमा कमजोरी आएको खुलेआम स्वीकार गरेका हुन्।

उनले भने, “दलित समुदाय मात्र होइन, आदिवासी, जनजाति, महिला, मधेशी, थारु, मजदुर किसानसँगको सम्बन्ध जनयुद्धको बेलाजस्तो नङमासु वा पानीमाछाको जस्तो प्रगाढ छैन। हाम्रो सम्बन्ध केही हदसम्म लुज भएको सत्य हो।”

अध्यक्ष दाहालले आत्मसमिक्षा गर्ने साहस गर्ने पार्टी माओवादी मात्र भएको दाबी गरे। उनले थपे, “कोही पानीभित्र डुबिएला कि भनेर छटपटिन्छन्, कोही बाहिर निस्किएर मर्छु कि भनेर डराउँछन्। तर त्यस्तो अवस्था हुँदाहुँदै पनि आत्मआलोचना गर्ने, गल्ती स्वीकार गर्ने र सुधारतर्फ अघि बढ्ने आँट माओवादीले मात्र गरेको छ।”

दाहालले जनवर्गीय समुदायसँग पुनः सम्बन्ध मजबुत बनाउन पार्टी सचेत रहेको उल्लेख गर्दै सबै वर्ग, समुदाय र श्रमिकवर्गलाई समेट्ने नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय