२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

सुन्दरिजलबाट चिसोपानीतर्फ हिँडेका तीन जना हाइकिङ टोली जंगलमै हराएका छन्। शनिबार साँझसम्म सम्पर्कमा रहेका उनीहरु मूलखर्क पार गरेपछि भने सम्पर्कविहीन बनेका हुन्।

टोलीमा ४५ वर्षीय विष्णु भट्टराई, ४३ वर्षीय विपिन श्रेष्ठ र ३५ वर्षीय जदिश अधिकारी रहेका छन्। विष्णुले आफन्तसँग अन्तिम पटक फोनमा कुरा गर्दै “अनकन्टार जंगलमा फसेको, वरिपरिको स्थान थाहा नभएको र जंगली जनावरको आवाजले डर लागेको” बताएका थिए। त्यसपछि उनीहरुसँग सम्पर्क टुटेको परिवारले जनाएको छ।

घटनापछि प्रहरी र सेनाले उद्धार अभियान सुरु गरेका छन्। लोकेसन ट्याक गरी खोजतलासमा जुटेको सेनाले टोली चिसोपानी नजिकै फसेको पत्ता लगाइसकेको र सुरक्षित उद्धार प्रक्रिया अघि बढेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय