२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

तेह्रथुमको आठराई गाउँपालिका–७ स्थित श्री नाम्जाङ आधारभूत विद्यालयमा प्रधानाध्यापक तारादेवी खतिवडामाथि आफ्नै विद्यालयकी दलित शिक्षिकामाथि जातीय आधारमा छुवाछूत र विभेद गरेको गम्भीर आरोप लागेको छ।

पीडित शिक्षिका एलिसा गहतराजका अनुसार, भदौ ११ गते विद्यालयमा आयोजित तीजको दर खाने कार्यक्रममा प्रधानाध्यापकले उनलाई भान्साबाट बाहिर जान लगाएर अभिभावकहरू आउँदै हुनुहुन्छ भन्दै अन्यायपूर्ण व्यवहार देखाएकी थिइन्। उनले भनिन्, “विद्यालय जस्तो पवित्र स्थान र शिक्षक जस्तो सम्मानित पेशामा रहेर पनि जातीय आधारमा गरिएको व्यवहारले मेरो आत्मसम्मानमा गहिरो चोट पुगेको छ।”

घटनापछि प्रधानाध्यापक खतिवडाले घटनालाई दबाउन र मिलापत्र गर्न दबाब दिएको पीडित शिक्षिकाले आरोप लगाएकी छन्। उनका अनुसार, घटनाप्रति प्रतिवाद गर्दा प्रधानाध्यापकले “तपाईं शिक्षक भएर पनि यति कुरा बुझ्नुहुन्न” भनी उल्टै हप्काएकी थिइन्। यसका कारण पीडित शिक्षिका मानसिक तनावमा छन्।

यस विषयमा जातीय विभेद उन्मुलन मोर्चा, नेपाल र संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ अनुसार यो गम्भीर फौजदारी अपराध हो। दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय