२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने भाष्यलाई तोड्न राजनीतिक जिम्मेवारी पाएको व्यक्तिले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित शिव पञ्चायन मन्दिर भजन मण्डलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक दलविरुद्ध जबरजस्ती नकारात्मक धारणा सिर्जना गरिएको बताए। उनले भने, “राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने भाष्यलाई अरुलाई गाली गरेर होइन, उत्कृष्ट काम गरेर मात्र गलत सावित गर्न सकिन्छ।”

महामन्त्री थापाले सार्वजनिक जिम्मेवारी पाउने प्रत्येक व्यक्तिले आफ्नो पदमा इमानदारीपूर्वक योगदान दिनुपर्नेमा जोड दिए। उनका अनुसार राम्रो कामले मात्रै समाजमा राजनीतिक दलप्रति सकारात्मक सन्देश दिन सक्छ।

सो अवसरमा उनले रुद्रमति खोलालाई दुई वर्षभित्र ढलमुक्त बनाएर काठमाडौँको पहिलो सफा नदीको रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरे। “रुद्रमतिलाई धोबी खोलाको नामले चिनिन्छ। हामी यसलाई पूर्ण रुपमा ढलमुक्त बनाएर सफा नदीको रूपमा अघि बढाउने तयारीमा छौँ,” उनले बताए।

यसका लागि मुहानमा काम सुरु गर्ने, समुदायस्तरमा सरसफाइ केन्द्र निर्माण गर्ने र आवश्यक जग्गा व्यवस्थापन गर्ने योजनाबारे समेत उनले जानकारी दिए। उनका अनुसार यो योजना सफल बनाउन स्थानीय समुदाय र सरकारबीच सहकार्य आवश्यक हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय