
राजसंस्था पुनःस्थापनाको माग गर्दै सक्रिय संयुक्त जनआन्दोलन समितिले डा. धवलशम्शेर राणालाई कार्यवाहक संयोजक तोकेको छ।
समितिका संयोजक नवराज सुवेदी पारिवारिक कारणले केही समयका लागि छोरोसहित अष्ट्रेलिया जान लागेकाले उनले राप्रपाका महामन्त्रीसमेत रहेका डा. राणालाई कार्यभार दिएका हुन्। सुवेदीले विज्ञप्ति जारी गर्दै आफ्नो अनुपस्थितिमा समितिको सम्पूर्ण जिम्मेवारी र आन्दोलन सञ्चालनको अख्तियारी डा. राणालाई दिएको उल्लेख गरेका छन्।
संयुक्त जनआन्दोलन समितिले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनःस्थापनाका लागि निरन्तर आन्दोलन गर्दै आएको छ। समितिले हालै राजधानीमा आयोजित विभिन्न विरोध कार्यक्रममार्फत आफ्नो मागलाई सार्वजनिक दाबाब बनाइरहेको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।