२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रुपन्देही–३ को आसन्न प्रतिनिधिसभा उपनिर्वाचनलाई ऐतिहासिक महत्वको हुने सम्भावना रहेको बताएका छन्। उनले नयाँ र वैकल्पिक शक्तिहरूले साझा उम्मेदवार उठाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

भट्टराईका अनुसार जनतामा परम्परागत दलप्रति रहेको निराशा र आक्रोशलाई सकारात्मक विजयमा परिणत गर्न वैकल्पिक शक्तिहरूले एकताबद्ध ढंगले अघि बढ्नुपर्छ। उनले भने, “नयाँ र वैकल्पिक शक्तिहरूका नेताहरूले एक्लाएक्लै डम्फू बजाउने होइन, साझा उम्मेदवारमार्फत जनताको भावनाको कदर गर्नुपर्छ।”

उनको भनाइमा, यो निर्वाचन केवल उपनिर्वाचन मात्र नभई आगामी २०८४ को आमनिर्वाचनको प्रारम्भिक अभ्यासका रूपमा पनि महत्वपूर्ण हुनेछ।

रुपन्देही–३ मा उपनिर्वाचन आगामी कात्तिक १७ गते हुँदैछ। नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ, जसमा पार्टी महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसाल पनि छन्। भुसाल यस क्षेत्रबाट २०७४ सालमा नेकपा (एमाले) तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

रुपन्देही–३ उपनिर्वाचनमा प्रमुख दल र वैकल्पिक शक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय