२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नेपाल ‘ए’ क्रिकेट टोलीले भारतको आसाम प्रदेशविरुद्धको टी–२० अभ्यास सिरिज उपाधि जित्न सफल भएको छ। सोमबार गुवाहटीमा सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा नेपालले घरेलु टोलीलाई ४४ रनले पराजित गर्दै सिरिज ३–२ ले आफ्नो पक्षमा पार्यो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०८ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि सन्दीप जोराले शानदार ६४ रन बनाउँदै उच्च योगदान दिए भने शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन जोडे। बलिङतर्फ आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले समान दुई–दुई विकेट लिए।

जवाफमा २०९ रनको लक्ष्य पछ्याएको आसाम २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रनमै रोकियो। आसामका भार्गव लहकरले सर्वाधिक अविजित २९ रन बनाए भने कप्तान सुमित घडिअन्कर र साहिल जेनले समान २५–२५ रन योगदान दिए। नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले समान दुई–दुई विकेट हात पारे भने बसिर अहमदले एक विकेट लिए।

यसअघि सिरिजको पहिलो र दोस्रो खेल नेपालले क्रमशः १५ र ९६ रनले जितेको थियो। तर तेस्रो खेलमा नौ रन र चौथो खेलमा १८ रनले पराजित भएपछि सिरिज २–२ बराबरीमा पुगेको थियो। अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले उपाधि आफ्नो बनाएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय