२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

गृहमन्त्री रमेश लेखकले भारतीय सञ्चारमाध्यमले नेपालबारे भ्रामक समाचार प्रसारण गरेको भन्दै कडा आपत्ति जनाएका छन्।

वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले नेपाल सरकारसँग पर्याप्त प्रमाण भएको तर भारत प्रवेश गरेका भनिएका व्यक्ति वास्तवमा मलेसिया गएको स्पष्ट पारे। उनले केही नेपाली सञ्चारमाध्यमले समेत सोही गलत सूचना दोहोर्याएको भन्दै आलोचना गरे।

“भारतीय सञ्चारमाध्यममा आएका खबर पूर्ण रूपमा भ्रामक र तथ्यहीन छन्। नेपाल सरकार मित्रराष्ट्र भारत वा चीनको हितविपरीत कुनै पनि गतिविधि हुन दिने छैन,” मन्त्री लेखकले भने।

उनले पाकिस्तानी वा बंगलादेशी नागरिक नेपाल हुँदै भारत प्रवेश गरेको भनिएको समाचारप्रति पनि कडा प्रतिवाद गर्दै त्यसमा कुनै सत्यता नरहेको दाबी गरे।

लिपुलेक–लिम्पियाधुरा विषयमा सरकारको अडान

मन्त्री लेखकले लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएको र यसको पर्याप्त प्रमाण नेपाल सरकारसँग रहेको दोहोर्याए। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला पनि चीनका राष्ट्रपति सी जिनपिङलाई यो विषयमा नेपालको आपत्ति प्रस्ट्याएको उनले जानकारी दिए।

सैन्य एकतामा सहभागी नहुने नेपाल

पत्रकारहरूको जिज्ञासामा जवाफ दिँदै मन्त्री लेखकले नेपाल कुनै पनि देशसँग सैन्यगत एकता वा समितिमा सहभागी नहुने स्पष्ट पारे। “हाम्रो नीति स्वतन्त्रता र असंलग्नतामा आधारित छ। कुनै पनि देशको दबाबमा नेपाल जान्ने छैन,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय