२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

भदौ ३० देखि सहुलियत पसल : चामल, चिनी, गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट

 चाडपर्वलाई लक्षित गर्दै भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएको हो।

मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार दुई संस्थालाई आवश्यक तयारी गर्न परिपत्र गरिसकिएको छ।

कुन कुन वस्तुमा कति छुट?

खाद्य व्यवस्था कम्पनीका सहुलियत पसलमा –

  • चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो रु ५ छुट

  • चिउरा, आटा, पिठो, मैदा र तेलमा प्रतिकिलो/लिटर रु ७ छुट

  • कर्णालीका रैथाने उत्पादन (जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा, तितेफापर) मा प्रतिकिलो रु १० छुट

  • जिरा, धनिया, चियापत्ती, जिउँदो खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो रु १० छुट

खाद्य व्यवस्था कम्पनीले ४६ जिल्लामा सहुलियत पसल सञ्चालन गर्नेछ।

साल्ट ट्रेडिङ कर्पोरेसनले भने –

  • नुनमा प्रतिकिलो रु २ छुट

  • चिनीमा प्रतिकिलो रु ५ छुट

  • तेल, चिउरा, दाल, पिठो र मैदामा प्रतिकिलो/लिटर रु ७ छुट दिने जनाएको छ।

साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा ३ घुम्ती पसलसहित १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ, साथै अन्य जिल्लामा पनि पसल विस्तार गर्ने योजना छ।

बजार नियन्त्रण उद्देश्य

सरकारले चाडपर्व अवधिमा निजी क्षेत्रको एकाधिकार रोक्न, उपभोक्तालाई गुणस्तरीय वस्तु सहज मूल्यमा उपलब्ध गराउन र बजार नियन्त्रणमा राख्न सहुलियत पसल सञ्चालन गर्दै आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय