२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयमा धर्ना दिएको छ। महासंघले पहिलो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने घोषणाअनुसार यसअघि कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी पार्टी कार्यालयमा पनि धर्ना गरिसकेको छ।

धर्ना कार्यक्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कतिपयले आन्दोलनलाई “रमिता” भनेकोप्रति आपत्ति जनाउँदै यसलाई विद्यालय शिक्षाको उन्नति र भोलिको गुणस्तरीय शिक्षाका लागि भइरहेको महाअभियान भने। “विधेयकलाई उल्टो बाटो हिँडाइएको छ। त्यसलाई सुल्टो बाटो हिँडाउन हाम्रो माग हो,” उनले भने।

सुवेदीका अनुसार, लोकतन्त्रमा आलोचना र अभिव्यक्ति स्वाभाविक भए पनि शिक्षक आन्दोलनलाई रमितामात्र भन्नु गलत हो। उनले चैत्र–वैशाखमा भएको आन्दोलनलाई पनि कतिपयले रमिता भनेको स्मरण गर्दै अहिलेको अभियान भने विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फ लक्षित रहेको स्पष्ट पारे।

महासंघले शिक्षा विधेयकलाई संशोधन नगरेसम्म आन्दोलनलाई चरणबद्धरूपमा अघि बढाउने चेतावनी दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय