२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति आएको ६.० परिमाणको शक्तिशाली भूकम्पले ठूलो जनधन क्षति पुर्‍याएको छ। तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार मंगलबारसम्म मृतक संख्या १,४०० नाघेको छ भने ३,००० भन्दा बढी घाइते भएका छन्।

भूकम्पले कुनारसहितका धेरै प्रान्तहरूलाई असर पु¥याएको एपीले जनाएको छ। माटो र काठका हजारौँ घर भत्किँदा अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले उद्धार कार्य निकै कठिन भएको बताएका छन्। दुर्गम भूभाग र पहाडी बस्तीमा पुग्न कठिनाइका कारण मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

उद्धार टोलीहरूले सीमित स्रोतसाधनका बीच काम गरिरहेका छन्। हेलिकोप्टर र कमान्डो टोलीमार्फत दुर्गम क्षेत्रमा घाइतेलाई निकाल्ने प्रयास भइरहेको तालिबान प्रशासनले जनाएको छ।

मुजाहिदका अनुसार हाल उपलब्ध तथ्यांक कुनार प्रान्तकै हो, अन्य प्रभावित क्षेत्रका विस्तृत विवरण आउन बाँकी छ। हजारौँ परिवार अझै असुरक्षित अवस्थामा रहेकाले तत्काल सहयोग र राहत आवश्यक देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय