२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति आएको ६.० परिमाणको शक्तिशाली भूकम्पले ठूलो जनधन क्षति पुर्‍याएको छ। तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार मंगलबारसम्म मृतक संख्या १,४०० नाघेको छ भने ३,००० भन्दा बढी घाइते भएका छन्।

भूकम्पले कुनारसहितका धेरै प्रान्तहरूलाई असर पु¥याएको एपीले जनाएको छ। माटो र काठका हजारौँ घर भत्किँदा अझै धेरै मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ।

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले उद्धार कार्य निकै कठिन भएको बताएका छन्। दुर्गम भूभाग र पहाडी बस्तीमा पुग्न कठिनाइका कारण मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ।

उद्धार टोलीहरूले सीमित स्रोतसाधनका बीच काम गरिरहेका छन्। हेलिकोप्टर र कमान्डो टोलीमार्फत दुर्गम क्षेत्रमा घाइतेलाई निकाल्ने प्रयास भइरहेको तालिबान प्रशासनले जनाएको छ।

मुजाहिदका अनुसार हाल उपलब्ध तथ्यांक कुनार प्रान्तकै हो, अन्य प्रभावित क्षेत्रका विस्तृत विवरण आउन बाँकी छ। हजारौँ परिवार अझै असुरक्षित अवस्थामा रहेकाले तत्काल सहयोग र राहत आवश्यक देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय