२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव |

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१५ लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०३००१ ख ४०५६ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा कन्टेनर चालक नवलपरासी सुस्ता गाउँपालिका–१ निवासी ३५ वर्षीय माधव पंगेनीको पुरानो मेडिकल कलेज, चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

त्यस्तै, कन्टेनरका सहचालक चितवन राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरी बर्दिवास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङ घाइते भएका छन्। उनीहरूको हाल भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन्।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय