२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

काठमाडौंको सामाखुसीबाट चार करोडभन्दा बढी नगद र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग, हरिहर भवन पठाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मंगलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार राजस्व विभागमा बुझाइएको हो। श्रेष्ठलाई काठमाडौं महानगरपालिका–२६ सामाखुसीस्थित उनको घरबाट ठूलो मात्रामा नगद, सुन र चाँदीसहित नियन्त्रणमा लिइएको थियो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले अवैध सम्पत्तिसहित श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले उनका छोरा सनम खड्गीले भाडामा लिएको नयाँबजारस्थित घरमा समेत खानतलासी गरेको थियो।

प्रहरीका अनुसार दुई स्थानबाट गरी चार करोड २६ लाख ४० हजार ५ सय नगद, नौ तोला भन्दा बढी सुनका गरगहना र करिब तीन किलो चाँदी बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय