२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

गाजामा बुधबार भएको इजरायली आक्रमणमा एक सय १२ जनाको मृत्यु भएको छ। प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार तीमध्ये २४ जना सहायताको खोजीमा रहेका थिए।

मृत्यु हुनेको विवरण अनुसार अलशिफा अस्पतालमा ३६, शेख रादवान क्लिनिकमा पाँच, अलअहली अरब अस्पतालमा १३, अलअवदा अस्पतालमा १२, अल अक्सा शहीद अस्पतालमा छ र नासेर अस्पतालमा ४० जनाको मृत्यु भएको छ।

सन् २०२३ अक्टोबर ७ देखि इजरायली एकाइले गाजा पट्टीमा अभूतपूर्व आक्रमण जारी राखेको छ। यस आक्रमणका कारण अहिलेसम्म ६३ हजार ६३३ जना शहीद, १ लाख ६० हजार ९१४ जना घाइते भएका छन्। तीमध्ये अधिकांश बालबालिका र महिला हुन्। त्यस्तै, ९ हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् र सयौँ हजार विस्थापित भएका छन्।

अन्तर्राष्ट्रिय अदालत र विश्व समुदायका आह्वान तथा आदेशलाई बेवास्ता गर्दै जारी राखिएको यस आक्रमणले गाजाको जनजीवन र आधारभूत संरचनामा व्यापक क्षति पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय