२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने निर्णयसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, “केन्द्रीय कमिटीको बैठकमा केही फरक मतहरू प्रस्तुत भए। दुई उपाध्यक्षले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किनु हुँदैन र उहाँको सदस्यता नविकरण अस्वीकृत गर्नुपर्छ भन्ने विषयमा फरक धारणा राख्नुभयो।”

पोखरेलका अनुसार यो असहमति विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावसँग सम्बन्धित नभई सामान्य संगठनात्मक निर्णयको विषय हो। उनले थपे, “कसलाई सदस्यता दिने वा नदिने विषय दस्तावेजको विषय होइन। यस विषयमा उठेको फरक मतलाई विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने निर्णय सचिवालय बैठकले गर्नेछ।”

महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवादले विधान महाधिवेशनको मूल बहसलाई प्रभावित नगर्ने समेत स्पष्ट पारेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय