
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने निर्णयसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, “केन्द्रीय कमिटीको बैठकमा केही फरक मतहरू प्रस्तुत भए। दुई उपाध्यक्षले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किनु हुँदैन र उहाँको सदस्यता नविकरण अस्वीकृत गर्नुपर्छ भन्ने विषयमा फरक धारणा राख्नुभयो।”
पोखरेलका अनुसार यो असहमति विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावसँग सम्बन्धित नभई सामान्य संगठनात्मक निर्णयको विषय हो। उनले थपे, “कसलाई सदस्यता दिने वा नदिने विषय दस्तावेजको विषय होइन। यस विषयमा उठेको फरक मतलाई विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने निर्णय सचिवालय बैठकले गर्नेछ।”
महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवादले विधान महाधिवेशनको मूल बहसलाई प्रभावित नगर्ने समेत स्पष्ट पारेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।