२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि टिकट दर सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार पत्रकार सम्मेलनमार्फत खेलको तयारीबारे जानकारी दिँदै टिकट दर घोषणा गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार र मंगलबार साँझ ५:३० बजे खेल हुने एन्फाले जनाएको छ। सामान्य पारापिटका लागि टिकट दर ५ सय रुपैयाँ र भिआइपी पारापिटका लागि १ हजार रुपैयाँ तोकिएको छ। सामान्यतर्फ ९ हजार र भिआइपीतर्फ १ हजार टिकट बिक्री गरिनेछ, जसलाई खल्ती वालेटमार्फत खरिद गर्न सकिनेछ।

दुवै खेलको मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालिलाई दिइएको छ भने प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने छ। खेलका दिन दशरथ रंगशालाका सबै गेट खुला रहने र दर्शकहरूले आफ्नो टिकटमा उल्लेख गरिएको गेट र सिटअनुसार प्रवेश गर्नुपर्ने एन्फाले जानकारी दिएको छ।

दुवै खेलको समग्र नतिजाका आधारमा विजेता टोलीलाई ट्रफी र पदक प्रदान गरिनेछ। बराबरी भए पेनाल्टी सुटआउटमार्फत विजेता तय गरिने एन्फाले जनाएको छ। प्रतियोगिताको अनुमानित खर्च करिब १ करोड २७ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय