२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि टिकट दर सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार पत्रकार सम्मेलनमार्फत खेलको तयारीबारे जानकारी दिँदै टिकट दर घोषणा गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार र मंगलबार साँझ ५:३० बजे खेल हुने एन्फाले जनाएको छ। सामान्य पारापिटका लागि टिकट दर ५ सय रुपैयाँ र भिआइपी पारापिटका लागि १ हजार रुपैयाँ तोकिएको छ। सामान्यतर्फ ९ हजार र भिआइपीतर्फ १ हजार टिकट बिक्री गरिनेछ, जसलाई खल्ती वालेटमार्फत खरिद गर्न सकिनेछ।

दुवै खेलको मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालिलाई दिइएको छ भने प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने छ। खेलका दिन दशरथ रंगशालाका सबै गेट खुला रहने र दर्शकहरूले आफ्नो टिकटमा उल्लेख गरिएको गेट र सिटअनुसार प्रवेश गर्नुपर्ने एन्फाले जानकारी दिएको छ।

दुवै खेलको समग्र नतिजाका आधारमा विजेता टोलीलाई ट्रफी र पदक प्रदान गरिनेछ। बराबरी भए पेनाल्टी सुटआउटमार्फत विजेता तय गरिने एन्फाले जनाएको छ। प्रतियोगिताको अनुमानित खर्च करिब १ करोड २७ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय