२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो |

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यतया बदली हुने र विभिन्न प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा वर्षा हुने जनाएको छ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यसैगरी, आज राति पनि देशभर बदली रहनेछ भने कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा मध्यम वर्षा हुने देखिएको छ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने, साना तथा ठूला नदीनालाको पानीको सतह उच्च हुनसक्ने र यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय