२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेका छन्।

डिपोर्ट भएर फर्किएका मध्ये दुई जना महिला र १७ जना पुरुष रहेका छन्। उनीहरूलाई अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए।

यसअघि विभिन्न चरणमा दुई सय १५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय