२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको विश्वास जित्न सके आगामी २०८४ सालको निर्वाचनमा एमालेलाई बहुमत प्राप्त गर्नबाट कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बिहीबारदेखि सुरु भएको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले पार्टी सदैव जनताको पक्षमा उभिएकै कारण विश्वास बढेको बताए। उनले भने, “नेपाली जनताले कठिन परिस्थितिमा पनि हामीलाई साथ दिएका छन्। हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यसहित मिसन ८४ तर्फ अघि बढिरहेका छौँ।”

ओलीले गाली–गलौजले एमाले कमजोर नहुने स्पष्ट गर्दै पार्टीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताको पक्षमा दृढतापूर्वक काम गरिरहेको उल्लेख गरे। सामाजिक न्याय, समानता र विकासलाई केन्द्रमा राखेर समाजवादतर्फ अघि बढिरहेको उनले बताए।

महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पार्टीमा महिलाको सहभागिता र योगदान विशेष रहेको उल्लेख गर्दै कार्यकर्ता तथा जनतालाई अझै सक्रिय र सजग रहन आग्रह गरे। उनले भने, “सबै मिलौँ, पार्टीलाई अझ सुदृढ र लोकप्रिय बनाऔँ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय