२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु |

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० वटा समूहबीचको विमर्श सकिएको छ। प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा बनेका समूहहरूले शनिबार दिनभर छलफल गरी आइतबार प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार समूहगत प्रतिवेदनमा आएका सुझाव, जिज्ञासामा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। कुनै विषयमा सहमति जुट्न नसकेमा मतदानमार्फत टुंगो लगाइनेछ। उनले सकेसम्म सबैको सुझाव समेटेर एकीकृत विधान पारित गर्ने तयारी भइरहेको जानकारी दिए।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्। त्यस्तै, विभिन्न परिषद्का अध्यक्षहरूले पनि आफ्ना प्रतिवेदन पेश गरेका थिए।

एमालेले यस पटक ‘नेपाली विशेषताको समाजवाद’ शीर्षकमा विशेष दस्तावेज प्रस्तुत गरेको छ। अध्यक्ष ओलीले बहुलता र विविधतालाई सामञ्जस्यसहित अगाडि बढाउने, भ्रष्टाचार र नोकरशाहीको जोखिमबाट बचाउन पार्टीलाई निरन्तर शुद्धीकरण गर्ने र नेपालीपनलाई प्रवर्द्धन गर्ने कुरा दस्तावेजमार्फत स्पष्ट पारेका छन्।

यसैबीच, विधान संशोधन प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमै राख्न अध्यक्ष ओलीले आग्रह गरेका छन्। स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले फरक मत राख्न चाहे पनि समय व्यवस्थापनका कारण आफ्ना विचार पर्चामार्फत वितरण गरेका छन्।

महाधिवेशनको बहसलाई व्यवस्थित गर्न सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट समिति र सचिव योगेश भट्टराईको संयोजकत्वमा राजनीतिक प्रस्ताव लेखन समिति बनाइएको छ। समितिहरूले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे महाधिवेशनको धारणा तय गर्ने जिम्मेवारी पाएका छन्।

एमाले नेतृत्वले यस महाधिवेशनलाई संगठन सुदृढीकरण मात्र नभई आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक आधार तय गर्ने अवसरका रूपमा लिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय