२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको केही दिनमै सत्ता गठबन्धनका शीर्ष नेताहरू नै फेसबुकमा सक्रिय देखिएका छन् । प्रतिबन्ध लागू गर्ने कार्यमा अगुवाइ गरेको ओली नेतृत्वको सरकारकै सचिवालयका सदस्यदेखि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासम्म फेसबुकमा निरन्तर पोस्ट गरिरहेका छन् ।

देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सहभागिता जनाएपछि तस्बिरसहित फेसबुकमा पोस्ट गरेका छन् ।

सबैभन्दा ध्यान खिच्ने प्रतिक्रिया भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको हो । उनले कटाक्ष गर्दै लेखेका छन्,
“यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी? सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त !!”

सामाजिक सञ्जाल प्रतिबन्धपछि आम नागरिकलाई भीपीएन प्रयोग गर्न कठिनाइ भइरहेको बेला सरकारमै रहेका नेताहरू स्वयंले प्रतिबन्धित प्लेटफर्ममै सक्रिय देखिनुले आलोचना झन् चर्किएको छ । नागरिकहरूले यसलाई ‘दुईवटा मापदण्ड’ (double standard) भन्दै सरकारको निर्णयप्रति प्रश्न उठाएका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय