२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

जेन जेड आन्दोलनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर जिल्ला कारागारबाट सामूहिक रूपमा भागेका कैदीबन्दीहरू क्रमशः सम्पर्कमा आउन थालेका छन् ।

कारागार प्रशासनले दिएको जानकारीअनुसार हालसम्म ११७ जना कैदीबन्दी सम्पर्कमा आएका छन् । कारागारका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार केही कैदीबन्दी आफैं फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको छ । कतिपयले फोनमार्फत कारागारमा फर्किने बताएका छन् ।

बुधबार मात्रै आठ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारततर्फ नियन्त्रणमा लिएर गड्डाचौकी नाकामार्फत नेपाल प्रहरीलाई बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कारागारमा कुल ४७८ कैदीबन्दी थिए । जसमध्ये ४५५ जना मङ्गलबार साँझ फरार भएका थिए । भागेकामध्ये ९ जना बुधबार बिहान आफैं कारागार फर्किएका थिए भने २३ जना भागेका थिएनन् ।

कञ्चनपुर कारागारमा सबैभन्दा बढी लागुऔषध मुद्दाका कैदीबन्दी रहेका छन् । साथै महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगलगायतका मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीहरू पनि छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय