२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई देशभरका कलाकारहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। उनीहरूले देशले भोगेको मानवीय र जनधनको क्षति, भ्रष्टाचार र बेथितिविरुद्ध उभिएका युवापुस्ताको सपना पूरा हुने अपेक्षा व्यक्त गरेका छन्।

अभिनेता हरिवंश आचार्यले सही शासन प्रणाली विकासका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताए। उनले सहिदको आत्माको शान्तिको कामना गर्दै नेपाली सेनाको भूमिका र राष्ट्रपति रामचन्द्र पौडेलको अभिभावकत्व सराहनीय भएको उल्लेख गरे। अभिनेता दीपकराज गिरीले आमा भएर सन्तानको पीर सम्हाल्ने भावुक शैलीमा शुभकामना दिए। नायिका केकी अधिकारीले “सतीको सराप” जस्तो ग्लानि त्यागेर नयाँ बिहान र नयाँ आशा देख्न आतुर भएको उल्लेख गरिन्।

युवापुस्ताबाट अनमोल केसीले पहिलो महिला प्रधानमन्त्री पाएको क्षणलाई आफ्नो पुस्ताको साहसको उपलब्धि बताए। “खराब व्यवस्था जरैदेखि उखेलेर फ्याँक्न सकिने रहेछ, तर यसको मूल्य सधैँ सम्झनुपर्छ,” उनले लेखे। नायिका नीति शाहले नेपालको राजनीतिमा नयाँ अध्याय सुरु भएको र आगामी पुस्ताले यस क्षणलाई ऐतिहासिक रूपमा सम्झिरहने धारणा राखिन्।

नायिका स्वस्तिमा खड्काले दिनले कहिलेकाहीँ उलटपुलट ल्याउने भन्दै आमाले अरू आमाको पीडा बिर्सिन नसक्ने र युवाको सपना पूरा गर्न निडर लाग्ने विश्वास व्यक्त गरिन्। नायिका मिरुना मगरले जेन–जी आन्दोलनले दिएको विजयलाई प्रत्यक्ष देख्दा गर्व लागेको र बलिदानी दिनेहरूलाई सम्मान अर्पण गरिन्। अभिनेता प्रदीप खड्काले सरकारलाई जिम्मेवारी पूरा गर्न शक्ति र साहसको कामना गरे।

त्यस्तै, नायिका सुरक्षा पन्तले कानुन पढ्ने सपना बोकेका विशेषतः चेलीहरूलाई “पढ्न सुरु गर्नूस्” भनेर प्रेरणा दिइन्। अभिनेता पल शाहले इतिहास सुनौलो अक्षरले लेखिने क्षण आएको भन्दै आमाको ममताले मुलुकलाई नेतृत्व गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे।

प्रधानमन्त्री कार्कीले शुक्रबार राति शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेकी थिइन्। उनले छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्यभारसहित अन्तरिम सरकारको कार्यकारी नेतृत्व सम्हालेकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय