२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूले आज बिहान साढे ११ बजे शीतलनिवासमा शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुने कार्यक्रममा नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिने सचिवालयले जनाएको छ।

अहिलेसम्म मन्त्रिपरिषद्का लागि तीन जनाको नाम टुंगो लागेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले गृह तथा कानुन मन्त्रालय सम्हाल्ने भएका छन् भने पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्रीका रूपमा शपथ लिने निश्चित भएको छ। यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

मन्त्रीहरूको पृष्ठभूमि

अधिवक्ता अर्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेर चर्चामा आएका थिए। उनले जनहितका विभिन्न मुद्दा उठाउँदै कानुनी लडाइँ लड्दै आएका छन्। काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकारसमेत रहेका उनी अन्तरिम सरकारको गठन प्रक्रिया र राष्ट्रपति संगको वार्तामा पनि संलग्न भएका थिए।

अर्थ मन्त्रालय सम्हाल्न लागेका खनालले यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। उनले तत्कालीन केपी ओली सरकारलाई अर्थतन्त्रको कमजोरी, समस्या र दीर्घकालीन समाधानका ठोस सुझाव दिएका थिए।

यता, ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउन लागेका घिसिङलाई लोडसेडिङ अन्त्य गरी नेपाललाई उज्यालो बनाएको कारण सर्वसाधारणबीच लोकप्रिय मानिन्छ। तर केही महिनाअघि ओली सरकारले उनलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

शीतलनिवासमा हुने शपथ ग्रहणसँगै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्ण रुपमा काम प्रारम्भ गर्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय