२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राष्ट्र बैंकले आज फेरि ११ दिनका लागि २० अर्ब झिक्दै | बालेन र सुदनविरूद्ध युवराज सफलले पनि दिए जाहेरी | हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत | बाढीपहिरोले भत्काएका सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान | अब पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जाँचबुझ आयोगको घेरामा | निर्वाचन सरकारको पहिलो प्राथमिकता : सञ्चारमन्त्री जगदीश खरेल | नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई पराजित गर्दै पार्‍यो टी–२० सिरिज आफ्नो पक्षमा | जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीमा रूपान्तरणको आवश्यकता रहेको बताएकी छिन्।

उनका अनुसार पछिल्लो समय रास्वपाप्रति प्रश्नहरू उठ्न थालेकाले नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रमलगायतका विभिन्न पक्षमा पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गर्न जरुरी छ।

संवेदनशील राजनीतिक परिस्थितिमा जनताले दिएको सुशासनको म्यान्डेटसहित नयाँ नेपाल निर्माणमा रास्वपालाई मुख्य शक्ति बनाउनु पर्ने बताउँदै उनले चारबुँदे प्रस्ताव सार्वजनिक गरेकी छिन्।

कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो। यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको रूपान्तरण आवश्यक हुन्छ।”

उनले अन्य राजनीतिक दल, विचार समूह र स्वतन्त्र व्यक्तिसँग संवाद गरी जेन–जेड आन्दोलनको आकांक्षाअनुरूपको परिवर्तनलाई संस्थागत गर्ने मध्यमार्गी राजनीतिक शक्ति निर्माणमा पहल गर्नुपर्नेमा पनि जोड दिएकी छिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय