२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने उपाय नभएपछि आम सहमतिबाट निकास खोजिएको अवस्थालाई सबैले बुझेर आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन्।

संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सबै राजनीतिक दल, प्रशासनिक निकाय, बौद्धिक समुदाय र नागरिकलाई असहमति र द्वन्द्व छोडी सहकार्यसाथ चुनावलाई सफल बनाउन सक्रिय हुन आह्वान गरे।

राष्ट्रपति पौडेलले संविधानलाई नेपाली जनताको सर्वभौमसत्ता, स्वतन्त्रता र समान अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धि भन्दै यसको रक्षा गर्न सबैलाई आग्रह गरे। उनले लोकतन्त्रलाई बलियो बनाउन सबै पुस्ताको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आफू पनि १७ वर्षकै उमेरदेखि राजनीतिक यात्रामा होमिएको स्मरण गरे।

उनले हालको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनःनिर्माण गर्दै ६ महिनाभित्र चुनाव सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे। “यो अहिले सबै नेपालीको साझा कार्यभार हो,” उनले भने।

भदौ २३ र २४ गतेको विरोध प्रदर्शनमा भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरे र घाइते परिवारको पीडा महसुस गर्ने बताउँदै संवैधानिक दायित्वअनुसार सुधार र समृद्धिको बाटोमा अघि बढ्न सबैलाई आह्वान गरे।

राष्ट्रपति पौडेलले भ्रष्टाचार र बेथितिको अन्त्य, रोजगारी सिर्जना, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै “यही युवा पुस्ताको माग हो, यसलाई आत्मसात गरेर अघि बढ्नैपर्छ” भनेर जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय